You are viewing the translated version of पुनः कर निर्धारणको लागि आदेश दिन सक्ने.

Section 30A
पुनः कर निर्धारणको लागि आदेश दिन सक्ने
(१) कर निर्धारण भई नसक्दै त्यस्तो कर निर्धारण सम्बन्धी कुनै कारबाही अनियमित हुन लागेको छ वा भएको छ भन्ने कुरा महानिर्देशकलाई प्राप्त सूचनाबाट देखिन आएमा स्पष्ट कारण खोली पर्चा खडा गरी महानिदेशकले पुनः कर निर्धारण गर्न सम्बन्धित कर अधिकृत वा अन्य कुनै कर अधिकृतलाई आदेश दिन सक्नेछ ।
(२) कर अधिकृतले लापरबाही वा बद्नियतसाथ कर निर्धारण गरी करको दायित्व घट्न गएको देखिएमा महानिर्देशकले त्यस्तो कर निर्धारण आदेशमा संशोधन गर्न शुरु कर निर्धारण भएको मितिबाट चार वर्षभित्र आदेश दिन सक्नेछ ।